
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेस गरेको विश्वासको मतमा मतदान सुरु भएको छ । शाहीले आफ्नो सरकारलाई प्रदेशसभाको विश्वास छ भनी विश्वासको मत प्रस्तुत गरेका थिए ।
कर्णाली प्रदेश सरकार नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको थियो । एमालेले अविश्वास प्रस्ताव पेस गरेको थियो ।
प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले केन्द्रमा आफ्नो पार्टीले एमाले सरकारलाई समर्थन कायम राख्दा पनि एमालेले आफूलाई दिएको समर्थन फिर्ता लिएकामा उनले असन्तुष्टी जनाएका थिए।
एमालेले चैत्र ५ गते समर्थन फिर्ता लिएको थियो भने सरकारमा सहभागी एमालेका मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले २४ चैतमा राजिनामा दिएका थिए।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कुल ४० प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। राप्रपाले आफू कुनै पक्षमा नलाग्ने बताइसकेको छ । एमालेका अहिले १९ सांसद छन् । कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाही एमालेबाटै निर्वाचित भएका हुन्।
४० सदस्यीय ९हाल ३९० प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न मुख्यमन्त्री शाहीलाई कांग्रेस र राप्रपाको मतले मात्र पुग्दैन। कांग्रेसको समर्थन पाउँदा र एमालेको नेपाल(खनाल समूहका सांसदले फ्लोर क्रस गर्दा मात्र उनको पद जोगिने छ। एमालेको नेपाल(खनाल समूहमा नौजना सांसद छन्।