आज :

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, सरकारको पक्षमा बहुमत जुट्ने दाबी

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको थियो ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची राखिएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत पाउन निकै गारो मानिएको छ ।

प्रदेशसभाका कुल ४० सदस्यमध्ये २० सांसद नेकपा (एमाले) एक्लैका छन् । मुख्यमन्त्री शाहीलाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि साथ दिएको छ । यसैबीच माओवादी केन्द्र संसदीय दलको कार्यालयले प्रदेशसभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न अपिल गरेको छ ।
प्रमुख सचेतक सीताकुमारी नेपालीले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न आग्रह गरिएको छ । एमालेले गएको चैत्र ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

माओवादी केन्द्रका नेताहरुले आफ्नो पक्षमा बहुमत जुट्ने दाबी गरेका छन् । एमालेको माधव कुमार नेपाल समूहका सांसदहरुले सहयोग गर्ने माओवादीले विश्वास गरेको छ ।

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

लुम्बिनीमा नयाँ मुख्यमन्त्री माओवादी केन्दूदाई दिन काँग्रेस सहमत भएको छ । गण्डकी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री दिन माओवादी केन्द्र तयार भएको थियो ।

लुम्बिनी प्रदेश सभामा कूल सांसद संख्या ८७ छ । सरकार बनाउनका लागि बहुमत पु¥याउन ४३ मत आवश्यक पर्छ । एमाले एक्लैको ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । सरकार बनाउन जसपाको अनिवार्य साथ चाहिन्छ । माओवादीका दिनेश पन्थी र दधिराम न्यौपाने एमाले प्रवेश गरेपछि माओवादी पार्टीले कारबाही गर्दा उनीहरुको दुई सिट अहिले रिक्त छ भने माओवादीका पूर्णबहादुर घर्ती सभामुख छन् । मुख्यमन्त्री पोखरेललाई हटाउनका लागि बहुमत पु¥याउन कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सबै एकठाउँमा उभिनुपर्ने हुन्छ ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा माओवादीको प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने तयारी भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal