
काठमाडौं। दोलखामा बोलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको ज्यान जानुको साथै १७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना भएको हो ।
प्रदेश ३(०१०२३(७५८० नम्बरको बोलेरो राति १० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा विगु ३ का २४ वर्षीय विनोद केसी, ४५ वर्षीय अजित खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका खड्काको ज्यान गएको छ । त्यसैगरी दुर्घटनामा विगु–३ का वडाध्यक्ष श्रीराम खड्का पनि घाइते भइका छन् । थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरी निरीक्षक कोइरालाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ । २ जनाको दोलखामै र १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
- फाइल तस्वीर