
काठमाडौं । अखिल (क्रान्तिकारी) सुर्खेत जिल्लाको अध्यक्षमा तुलाराम तिरुवा निर्वाचित भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को २३ औं जिल्ला सम्मेलनले उपाध्यक्षमा मोहन धामी, सचीवमा ललित बिक, सहसचिवमा देवरुपा कठायत र कोषाध्यक्षमा भुपेन्द्र रोकायलाई निर्वाचित गरेको छ ।
जिल्ला सम्मेलनले तिरुवाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै शैक्षिक क्षेत्र सुधारको लागि अभियानात्मक रुपमा कार्यक्रम अगाडि बढाउने निर्णय पनि गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै संगठनका भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले वैज्ञानिक समाजवादी शिक्षाले मात्रै समान र सबै नागरिकका छोराछोरीले पढ्न पाउने भन्दै त्यसको लागि संघर्ष आवश्यक रहेको बताए । उनले शैक्षिक क्षेत्रका विकृति र विसंगतिसँग सम्झौता नगर्ने बताए ।
जेठ १ गते राष्ट्रिय सम्मेललनको घोषणा गरेको अखिल क्रान्तिकारीले अहिले देशभर भेला तथा सम्मेलनमा जुटेको छ ।