
नुवाकोट खरानीटार ।
तादी गाउपालिकाको अधिवेशनले राजेन्द्र उप्रेतीलाई कार्यसमितिको अध्यक्ष पदमा निर्वाचित गरेको छ । लामो समयसम्म प्रद्यानाध्यापकको हैसियतमा रही शिक्षण पेशामा संलग्न उप्रेती नुवाकोटको एक इमानदार व्यक्तिको रुपमा परिचित छन् । खरानीटारका निडर र न्याय प्रेमी उप्रेतीले पार्टीको जिमेवार पदमा रहेर प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीय जनताले लिएका छन् । उपाध्यक्ष पदमा प्रतिमा तामाङ निवार्चित भएकी छिन् र कार्यसमितिमा एकतीस सदस्य रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी यस वखत महाधिवेशनको चटारोमा छ वैशाखको अन्तिम साता केन्द्रिय महाधिवेशन तोकि सकेको छ । यसर्थ नेपालका प्रत्यके वडा, गाउ, प्रदेश क्षेत्र र जिल्ला अधिवेशनहरु धमाधम सम्पन्न भइरका छन् । यसै सिलसिलामा भर्खरै नुवाकोटको खरानीटारमा तादी गाउपालिका स्तरीय अधिवेशन सम्पन्न भयो ।
उक्त अधिवेशनले श्री राजेन्द्रकुमार उप्रेती अध्यक्ष भएको कार्य समिति गठन गरेको हो । उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेता पूर्व गृह मन्त्री बुद्धिमान तामाङ सहभागि हुनु भएको थियो । पुर्व मन्त्री परसुराम तामाङ लगायत केन्द्रिय नेताहरुको उपस्थितिमा खरानीटार नुवाकोटमा उक्त अधिवेशन भव्यरुपमा भएको थियो । डा.प्रकाशचन्द्र लोहनी नुवाकोटका हुन र उनलाई नुवाकोटको जिउदो देवताको रुपमा आदर गर्दछन् ।
केन्द्रिय कार्य सम्पादन समितिका सदस्यहरु भरत पाठक, जनक पाठक, नानीमैया आचार्य, सुन्दर पाण्डे सहभागी हुनु भएका थियो। अधिवेशनले राजेन्द्र उप्रेती अध्यक्ष र उपाध्यक्षमा बम बहादुर तामाङ, श्याम तामाङ र प्रतिमा तामाङलाई निर्विरोध निवार्चित गरेको छ। विष्णु हरि पाण्डे सचिवमा, सहसचिवमा कुमार पण्डित निवार्चित भएका छन्। सदस्यहरुमा रामशरण उप्रेती, रमेश कमार उप्रेती, मदन पण्डित, केशव लाल श्रेष्ठ, तिलकबहादुर खड्का, गोविन्द बहादुर ओझा, वीरबल तामाङ, जिवन थापा, जर्नादन कटेल, हरि प्रसाद कडेल, विष्णु कमार उप्रेती, रत्न रिजाल, शरन खनाल, निल प्रसाद धमला, भरत कुमार चौलागाई, बद्री खनाल, संजा तामाङ, माधव आचार्य, लक्ष्मण बिक, साधुराम अधिकारी, रामहरि पण्डित, विष्णु हरि श्रेष्ठ रहनु भएको छ। जिल्ला सचिव दिपेश पाण्डेले संचालन गर्नु भएको कार्यक्रममा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य भरतजगं उप्रेतीले स्वागत भाषण गर्न भएको थियो ।