आज :

अखिल क्रान्तिकारीको बर्दिया अध्यक्षमा प्याकुरेल निर्वाचित

नेपालगंज । अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा हरिशंकर प्याकुरेल निर्वाचित भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको शुक्रबार सम्पन्न २० औं जिल्ला सम्मेलनबाट प्याकुरेलको अध्यक्षमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

‘दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन, सुदृढ सङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २० औँ जिल्ला सम्मेलन’ भन्ने मुल नारासहित सम्पन्न सम्मेलनले संगठनको उपाध्यक्षमा सन्तोष कार्की, सचीवमा नमराज बिक सहसचिव बलराम भण्डारी र कोषाध्यक्ष ममता भण्डारीलाई निर्वाचति गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै संगठनका भेरी कर्णाली ब्यूरो संयोजक हर्कबहादुर बिकले शैक्षिक रुपान्तरणका साथै शैक्षिक क्षेत्रका विकृति, विसंगतिसँगै दलालिकरण र माफियाकणका विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

संयोजक बिक नेपालमा दुई प्रकारको शिक्षा प्रणाली रहेको भन्दै शैक्षिक क्षेत्रमा रहेका असमानताको अन्त्य हुनुपर्ने बताए । नेपालका अधिकांश नागरिकले आफ्नोसंयोजक बिकले सारा सम्पत्ति बेचबिखन गरेर पनि आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन नसक्ने अवस्था रहेको भन्दै प्राविधिक शिक्षा सर्वसुलभ, गुणस्तरीय र सबै जनताको पहुँचमा हुनुपर्ने बताए । उनले अखिल क्रान्तिकारी देशमा रहेका सबै खाले असमानताको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने संघर्षको नेतृत्व गरिरहेको दाबी गर्दै सबै विद्यार्थीलाई संगठनको झण्डामूनि गोलबन्द हुन अनुरोध गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा बर्दिया इन्चार्ज विकासले दलाल संसदीय व्यवस्थाका कारण देशमा अस्थिरता, भ्रष्टाचार, कालोबजारी, महङ्गी बढिरहेको बताउँदै यसको अन्त्यका लागि सम्पूर्ण जनतालाई एकजुट हुन अनुरोध गरे । विद्यार्थी शिक्षित र सचेत वर्ग भएको भन्दै यसको नेतृत्व विद्यार्थी सङ्गठनले लिनुपर्ने उनको भनाई थियो ।

यस्तै राष्ट्रिय जागरण मञ्चका केन्द्रीय प्रतिनिधि देवकला अधिकारी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रेम शाही, नेकपा मधुवन नगर इन्चार्ज केशरसिंह, गुलरिया नगर इन्चार्ज धर्तीलगायतका अतिथिहरूले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनले सदस्यहरुमा प्रेम ओली, रमेश प्याकुरेल, मञ्जु नेपाली, मकर कडायत, लक्ष्मण मल्ल, पुर्णिमा सुनार, राजविक्रम बोहरा, सलमान कुरेसी, विपिन भारती, वसन्ता रोकाया, रोहित थारु, हिमाल भण्डारी, फिरोचन थारु, मञ्जु विक, राहुल गुरुङ, रेणुका थापा निर्वाचति गरेको छ ।

नवनिर्वाचित अध्यक्ष प्याकुरेलले जानकारी दिए । उनले बर्दिया जिल्लाका थारु, मुस्लिम, जातिजनजाति र अल्पसङ्ख्यक समुदायका आर्थिक अवस्था कमजोर भएर विद्यालयसम्म पुग्न नसकेका विद्यार्थी भाइबहिनीहरूलाई पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सम्मेलनमा संगनठका केन्द्रीय सदस्य प्रेम शाही, बर्दिया–सुर्खेत इन्चार्ज लोकेश जोशी लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal