
काठमाडौं । नेकपा (एमाले)मा प्रवेश गरेका चार पूर्वमाओवादी केन्द्रका चार नेताको सांसद पद खोसिएको छ । पार्टी परित्याग गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेको भन्दै संसद सचिवालयलाई पदमुक्तको लागि पत्राचार गरेको थियो । चारै नेता मन्त्री छन् ।
आज बसेको संसद बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयले तयारी गरेको छ ।
माओवादी केन्द्रका संसदीय दलका नेता प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् । संवैधानिक व्यवस्थाका कारण सांसदबाट मुक्त भएपनि ६ महिना मन्त्री हुन सक्ने छन् ।
राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाइ कारवाहीकाे लागि पत्राचार गरिएकाे छैन ।