
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको धेरै जिल्लाको नजिता सार्वजनिक भइरहेको छ । ललितपुर, बाजुरा, कास्की, अछाम, जाजरकोट, सल्यान, रोल्पा, बैतडी, कालिकोटसहित धेरै जिल्लाहरुको नतिजा सार्वजनिक भइसकेको छ ।
यी सबै जिल्ला र मत गणना भइरहेका जिल्लाहरुमा पनि प्रेस युनियन, प्रेस संगठन, प्रेस चौचारी, क्रान्तिकारी पत्रकार संगठनसहितको गठबन्धनले विजयी भएको छ ।
सबै भन्दा धेरै मत रहेको काठमाडौँ जिल्ला शाखाको मतगणना भइरहेको छ । प्रारम्भिक नतिजा अनुसार सूर्य सुवेदी नेतृत्वको प्यानलको अग्रता कायमै छ । त्यसैगरी प्रदेश र केन्द्रमा पनि यही गठबन्धनको अग्रता लिएको छ ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ । पहिलो पटक प्रत्यक्ष निर्वाचनमा देशभरका पत्रकार सहभागी भएका थिए ।