आज :

माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन आज फिर्ता लिँदैछ । समर्थन फिर्ताबारे छलफल गर्न आजै स्थायी समिति बैठक समेत बोलाएको छ ।

नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिए अविश्वास प्रस्ताव ल्याउने समेत बताएको छ ।

काँग्रेसको नयाँ निर्णयसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिले कोल्टो फेरेको भन्दै नयाँ सरकार गठनबारे घनिभूत छलफल गर्ने बताएका थिए । ओलीलाई सरकारबाट हटाउन चाहेपनि काँग्रेस तयार नभएपछि माओवादी  केन्द्रले समर्थन फिर्ता लिएको थिएन ।

काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको हो । माके र काँग्रेसका नेताहरुले जसपासँग सत्ता सहकार्यबारे शनिबारबाटै छलफल सुरु गरेका छन् ।

काँग्रेसले नयाँ सरकारबारे निर्णय र माकेले समर्थन फिर्ता लिने तयारीसँगै प्रधानमन्त्री ओलीले पनि आफ्नो तयारी थालेका छन् । स्रोतका अनुसार ओलीले पुनः संसद् विघटन गर्नेबारे केही कानुनविद्सँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएपछि आफ‍्नो राजिनामा आइहाल्ने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै ओलीले दिनदिनै राजिनामा मात्रै माग्ने तर समर्थन फिर्ता लिए आफूले अर्को कदम चाल्ने संकेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal