आज :

घातक प्रदूषण घट्यो, आज पनि वर्षा हुने, यस्तो हुनेछ शनिबारसम्मको मौसम

काठमाडौं । आजबाट घातक वायु प्रदूषण केही कम भएको छ । बुधबार साँझ पानी परेपछि काठमाण्डौसहित देशभरको वायु प्रदूषण केही कम भएको हो ।

धेरै दिनदेखि वायु मण्डलमा वायु प्रदूषण जम्मा भएकोले हल्लाका वर्षाले पूरै तुवाँलो नहटेको मौसमविद्ले बताएका छन् । पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले अब छिट्टै प्रदूषण घट्ने अनुमान गरिएको छ ।

बुधबार साँझबाट काठमाडौंसहित केही स्थानमा हल्ला बर्षा भएपनि देशका विभिन्न जंगलमा लागेको डडेलो नियन्त्रणमा आएको छैन । डडेलो नियन्त्रणमा नआएसम्म प्रदूषण कम नहुने मौसमविद्को भनाई छ ।

यसैबीच पश्चिमी वायु र स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी परेको हो । तराइमा अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण नहट्ने बताइएको छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भू-भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ।

बिहीबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका थेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal