आज :

आज प्रतिनिधिसभा बैठक बस्दै, जोशीको निधनमा शोक प्रस्तव पेश गरिने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधनप्रति पनि शोक प्रस्ताव पेश गरिने भएको छ । यससँगै साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन् ।

संघीय संसद सचिवालयका अनुसार विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनासँगै बसेको प्रतिनिधिसभा बैठक कामविहीन बनेको छ ।

सरकारले संसद् बैठकलाई कामविहीन बनाएको विपक्षीहरुले आरोप लगाएका छन् । संसद् बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै विरोध र बहिस्कार हुँदै आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal