आज :

(नेकपा) खारेज गर्ने फैसला पुनरावलोकनको लागि प्रचण्ड सर्वोच्च अदालतमा पुगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादबारे सर्वोच्च अदालतको फ‍ैसला पुनरावलोनको लागि निवेदन परेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आधा दर्जन नेताहरुसहित मंगलबार निवेदन बोकेर सर्वोच्च अदालत पुगेका छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसला पुनरावलोकनका लागि प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका छन् ।

सर्वोच्चले (नेकपा) विवादमा निवेदकको माग दावीभन्दा बाहिर गरेर फैसला गरेको भन्दै नेकपा माओवादी केन्द्रले पुनरावलोकनको मागसहित निवेदन दर्ता गर्ने भएको छ ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो ।

सोही फैसलामा नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काइएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal