आज :

नेपाल र रावलमाथि कारवाहीः ६ महिना निलम्बन, नसच्चिए निस्कासन गर्ने (यस्तो कारवाही पत्र)

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलमाथि कारवाही गरेको छ । दुबै जनालाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार नेता नेपाल र रावललाई रुपान्तरण भए कारवाही अवधि वा बीचमै पनि फुकुवा गर्न सकिने भन्दै सच्चिने अन्तिम मौका भएको समेत बताइएको छ ।

“तपाईँलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्वन अवधिको वीचैमा पनि निलम्वनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि वीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ” कारवाही पत्रको अन्तिममा भनिएको छ ।

“पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सदभावलाई क्षत विक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्रता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो” कारवाही पत्रमा भनिएको छ ।
ओलीले नेता, रावलसँगै सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेका थिए ।

यस्तो छ कारवाही पत्र

माधव नेपालललाई निलम्बन गरिएको ओली हस्ताक्षरित पत्रमा पाँचवटा बुँदा छन् । पत्रको सुरुमा भनिएको छ, ‘तपाई माधवकुमार नेपाललाई मिति २०७७÷१२÷०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईले २०७७÷१२÷१२ मा पार्टीमा पेश गर्नुभएको स्पष्टीकरणको जवाफमा देहाय वमोजिम देखियो ः

१. तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सदभावलाई क्षत विक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्रता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।

२. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुल त्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार, आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति स्पष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्टरुपमा थप पुष्ट भएको ।

३. आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।

४. तपाईले अहिले पनि पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिईरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता र आफ्ना लगत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको ।

५. यस्तै गतिविधि कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ ( संशोधन २०७१ समेत) को धारा ४९(ख) वमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्वन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal