आज :

आजपनि काठमाडौं उपत्यकामा घातक तुवाँलो, वायु प्रदुषणमा काठमाडौं विश्वकै एक नम्बर शहर

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदुषण अझै केही दिन रहने भएको छ । विश्वकै पहिलो घातक शहर बनेको काठमाडौंको तुवाँलो आज पनि रहेको छ ।

पछिल्लो तीन महिनामा काठमाडौं उपत्यका दुई पटक विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेको छ । गत पुस २० गते र यही चैत १३ गते उपत्यकाको वायु प्रदुषण विश्वमै पहिलो स्थानमा परेको हो ।

गत पुष २० गते काठमाडौंको एक्युआई अर्थात एअर कण्डिशन इन्डेक्स ४८७ पुगेको थियो भने चैत १३ गते पनि एअर कण्डिशन इन्डेक्स ४४६ पुगेर वायु प्रदुषणको हिसाबले विश्वकै पहिलो शहर बन्न पुग्यो ।

वातावरणविद्का अनुसार सुख्खा याम सुरु भएसँगै ५६ जिल्लाका ५२३ ठाउँमा डढेलो लाग्नु तथा भारतको उत्तर प्रदेश र हरियाणालगायतका क्षेत्रमा बढेको प्रदुषणको प्रभाव नेपालमा समेत पर्दा यस्तो अवस्था आएको हो ।

मध्य फागुनदेखि सुरु हुने प्रि मनशुन पनि अझै देखिएको छैन । चैत महिनामा चल्ने हावाहुरी पनि यस पटक ठप्प रहेको छ । जसका कारण वायु प्रदुषण बढेको मौसमविद् वरुण पौडेले बताए ।

आजबाट तुवाँलो केही कम हुने अनुमान गरिएको थियो तर विहानैबाट हिजो र अस्तीकै तुलनामा प्रदुषण कायमै छ । वातावरणविद् भूषण तुलाधरले अहिलेको अवस्थालाई चेतावनीको रुपमा लिएर उपयुक्त वातावरण नीति कार्यान्वयन गर्न सकेको खण्डमा वायु प्रदुषण कम गर्न सकिने बताए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घातक प्रदुषण भएको बताउँदै काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal