आज :

काठमाडौं उपत्यकामा आजपनि घातक तुवाँलो, घर बाहिर ननिस्कन आग्रह

काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा घातक तुवाँलो लागेको छ । शुक्रबार एकाएक बाक्लो धुवाँ तथा तुवाँलो लागेको थियो । तुवाँलोका कारण दिनभर हवाई सेवा प्रभावित भएको थियो ।

शनिबार विहानैबाट पनि काठमाडौंमा बक्लो तुवाँलो लागेको छ । भिजिविलिटी कम भएका कारण विहान त्रिभुवन विमानस्थलमा हवाई उडान सेवा प्रभावित भएको थियो ।

तुवाँलोका कारण घरभित्रै पनि आँखा पोल्ने र टाउको दुख्ने गरेको छ । काठमाडौं उपत्यकाका जनजीवन प्रभावित भएको छ । आँखा पिरो हुने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्ने भन्दै त्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएका छन।

यसैबीच शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर घर बाहिर ननिस्कन आग्रह गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्ति निकाले वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन।

उनले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरेकाछन।

अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भएपनि नजान आग्रह गरेका छन्।

“घरबाहिर खुलास्थानमा नबसौ, नखेलौै, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गरेको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ । बालबिालका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ।”

यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेकाछन्। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आह्वान गरेका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर मर्निङवाक नजान आग्रह गरेको छ।

घर बाहिर निस्किँदा मास्क लगाउन, शरीर ढाक्ने कपडा, मास्क तथा चस्मा लगाएर निस्किन स्वास्थ्यकर्मीको सुझाव छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal