आज :

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बैशाख १५, १६ र १७ गते हेटौंडामा हुने

काठमाडौं । दलित मुक्ति मोर्चा नेपालले पाँचौं राष्ट्रिय सम्मेलन हेटौडामा गर्ने निर्णय गरेको छ । मोर्चाको क्षेत्रीय समन्वय समितिका संयोजकसहित पदाधिकारी बैठकले आगामी बैशाख १५, १६ र १७ गते मकवानपुरको हेटौंडामा गर्ने निर्णय गरेको हो ।

बैठकले ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदविरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिको पाचौं रास्ट्रिय सम्मेलन’ भन्ने मूल नारा समेत बैठकले तय गरेको छ । ७७ वटै जिल्ला र प्रवासबाट समेत प्रतिनिधि/ पर्यवेक्षक सहभागी हुने मोर्चाका महासचिव रामलाल विश्वकर्माले जानकारी दिए ।

विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चाले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वै ज्ञानिक समाजवादबाट मात्र दलित समुदाय लगायत सम्पूर्ण उत्पीडित वर्ग, जाति र समुदायको पूर्ण मुक्ति हुने धारणा राख्दै आएको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य सितलले वैज्ञानिक समाजवादी व्यस्था विना दलितलगायत उत्पीडित वर्ग र जातीको मुक्ति नहुने भन्दै आफ्नो पार्टी अगाडि सारेको एकिकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्ध हुन सम्पूर्ण दलितलाई आग्रह गरेका थिए ।

रास्ट्रिय सम्मेलनको तयारीका लागि मोर्चाले देशव्यापी सदस्यता वितरण, जिल्ला भेला र सम्मेलनहरुलगायत अन्य वयवस्थापन र प्रचार-प्रसारका कामहरु गरिरहेको छ ।

मोर्चाका अध्यक्ष डम्बर बहादुर विश्वकर्माले सम्मेलनको तयारीमा सक्रिय सहभागी हुन तथा आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील प्रजातन्त्रवादी, वामपन्थी, कम्युनिस्ट क्रान्तिकारी, सचेत र जागरुक नागरिक समाज, संचारकर्मी र न्याय र समताका पक्षधर आदरणीय जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal