आज :

नेपाल र रावललाई कारवाही हुन्छः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारवाही गर्ने बताएका छन् । ओलीले नेपाल र रावलको स्पष्टीकरण कारवारी योग्य भएको समेत बताए ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा नेपाल समूहका सांसदहरु सहभागी भएका थिए । उक्त बैठकमा दलका नेता समेत रहेका ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने बताएका थिए । नेपाल र रावलको जवाफ नकारात्मक आएकाले कारबाही गर्ने प्रष्ट पारेका थिए ।

ओलीले कारवाही गर्ने भएपछि संसदीय दलको बैठकमा सहभागी हुने नेपाल नेता झलनाथ खनाल समूहका सांसदहरु पनि सहभागी भएका थिए । शुक्रबार विहान नेपाल समूहको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसलगत्तै सांसदहरुसँग पनि छलफल भएको थियो । अधिकांश नेताहरुले बैठकमै गएर आफ्ना कुरा राख्नुपर्ने सुझाव दिएका थिए ।

नेपाल समूहले यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको थियो ।

शुक्रबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्न अध्यक्ष एवं दलका नेता ओलीलाई आग्रह गरे । विगतको तीतामीठा बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै नेताहरुले २ जेठ २०७५ को स्थितिमा फर्किनुपर्ने बताएका थिए ।

बैठकपछि सांसद भट्टराईले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार संसदीय दल पूर्ववत् अवस्थामा फर्किएको बताउँदै केन्द्रीय कमिटी र मातहतका कमिटीहरुलाई एकताबद्ध बनाएर लिनुपर्ने आफूहरुले बैठकमा धारणा राखेको बताए ।

नेपाल समूहका नेताहरुको आग्रहलाई अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेका थिए । उनले पार्टीका पछिल्ला निर्णय फिर्ता नहुने बताए । एमालेको २४१ सदस्यमा २३ जना थपेर २६४ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यसले गरेको निर्णय विधिसम्मत भएको भन्दै ओलीले आफू पछि नहट्ने बताए । उनले दुई जनाको स्पष्टीकरण राम्रो आउने आफूले अपेक्षा गरेको बताउँदै नेपाल र रावल कारवाहीको भागीदार हुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal