आज :

काँग्रेसका निष्ठावान नेता नबीन्द्रराज जोशीको निधन, नेताहरुद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार साँझ निधन भएको हो ।

अस्पतालका अनुसार नेता जोशीको जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको छ । अस्पतालले विज्ञप्ति जारी गरेर नेता जोशीको निधन भएको पुष्टि गरेको छ । भेन्टिलेटरको सहयोगमा उपचार जारी राखिएका नेता जोशीको शुक्रबार विहानबाट मुटुले काम गर्न छोडेको अस्पतालले जनाएको छ ।

फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै उनलाई नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

पूर्वमन्त्री समेत रहेका जोशी कांग्रेसमा निष्ठावान नेताको पहिचान बनाएका थिए । उनी कुशल संगठक समेत रहेको काँग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।

जोशीको निधनप्रति पार्टी सभापति देउवाले एक इमान्दार र निष्ठावान नेता गुमाएको भन्दै समवेदना प्रकट गरेका छन् । ‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’ देउवाले फेसबुकमा लेखेका छन् ।

त्यसैगरी कांग्रेस नेता प्रकाशमान सिंहले पनि जोशीको निधनप्रति श्रद्धान्जली ब्यक्त गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्,-दुखद समाचार । हामी सबैको प्रिय नवीन्द्र यो संसारमा रहेन । यो अप्रिय खबर कसरी सुनाउ र पनि, अलबिदा नबिन्द्र, हार्दिक श्रद्धाञ्जली।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लेखेका छन्- ‘नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जोशी अब हामी बीच रहनुभएन । आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ । नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’

त्यसैगरी अन्य राजनीतिक पार्टीका नेताहरुले पनि जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal