आज :

त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाण्डाै । आज नेपाल र किर्गिस्तान फुटबल खेल हुँदैछ । त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तरगत खेल हुन लागेको हो । मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन् ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन् । मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवान परेका छन् ।

फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ,अभिषेक रिजाल र भरत खवास रहेका छन् । नेपालले आउँदो शनिवार बंगलादेशसँग खेल्दैछ । यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । एन्फाले विज्ञप्ति निकालेर त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको जनाएको छ ।

कोरोनाको खतरा देखिएको भन्दै एन्फाले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार मास्क र स्यानिटाइजर अनिवार्य गरिएको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal