
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन नेता माधव कुमार नेपाल समूह तयार भएको छ । नेकपा एमालेको संसदीय दलको बैठकमा नेपाल समूहले प्रदेशसभामा दर्ता भएका अविश्वास प्रस्ताव फिर्ता सहमत भएका हुन् ।
बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए । नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिने खबर पठाएर नेपाल समूहका दुई जना सांसद बैठकमा सहभागी भएका थिए । नेपाल समूहका एक नेताका अनुसार प्रस्ताव फिर्ता लिन तयार रहेको खबरसहित सांसदलाई नेपाल समूहका सांसद बैठकमा सहभागी भएका थिए ।
एक नम्बर प्रदेशसभामा एमालेका ५१ सांसद छन् । यो प्रदेशमा एमाले एक्लैको बहुमत छ ।
नेपाल समूह सहभागी नभएको एमालेको केन्द्रीय समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो । अविश्वास प्रस्ताव फिर्ता नगरे कारवाहीको लागि ओली समूहले तयारी गरेपछि नेपाल समूह पछि हटेको हो ।
प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एमालेमा मुख्यमन्त्री राई र पौडेल ओली समूहतिर लागेका छन् ।
आफ्नै पार्टीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा नराम्रो असर पर्ने भन्दै नेपाल समूहको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो ।