आज :

माधवलाई ओलीको स्पस्टीकरणः प्रचण्डको मतियार किन भएको ? लिखित जवाफको तयारीमा नेपाल समूह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली समूहले नेता माधव कुमार नेपालसहित चार जना नेतालाई सोधिएको स्पष्टीकरण पत्र बुझाइएको छ । नेपालसहित चार नेतालाई १० बुँदामा स्पष्टीकरणमा (नेकपा) हुँदादेखि सर्वोच्च अदालतको फैसलापछिसम्मका गतिविधिलाई समेटिएको छ ।

एक नेताका अनुसार (नेकपा) हुँदा प्रचण्डसँग मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लाग्नुको कारण माग गरिएको छ । (नेकपा) हुँदा वरिष्ठ नेताको हैसियतामा रहँदा प्रचण्डले ओलीविरुद्ध ल्याएको १९ पृष्ठ लामो प्रस्ताव ल्याउन किन सहयोग गरेको पनि सोधिएको छ । नेपाल प्रचण्डको मतियार बनेर उक्त प्रस्तावलाई पुस्तकका रुपमा प्रकाशित गरेर वितरण किन गरिएको समेत सोधिएको छ ।

एमालेको शनिबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा (नेकपा)को विधानविपरीत सडकबाट ओलीलाई अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्काशनको निर्णय गर्नु÷गराउनु भयो भन्ने जवाफ माग गरिएको छ ।

यसैगरी निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित किन निवेदनहरू दिएको भन्ने प्रश्न पनि गरिएको छ भने स्पष्टीकरणको अर्को बुँदामा पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र गर्ने उद्देश्यका साथ निवेदन बोकेर किन निर्वाचन आयोगमा पुग्नुभयो भन्ने प्रश्न गरिएको छ । साथै पार्टी फुटाउँदा कुन उद्देश्य हासिल हुने हो भनि प्रश्न समेत गरिएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एकता समूह वा गुटले प्रयोग गर्ने गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदनलाई लिई निर्वाचन आयोगमा पटक पटक किन जानु भएको हो ? र पार्टी फुटाउँदा के–कुन उद्देश्य हासिल हुने हो ?’

पार्टी अध्यक्ष र महासचिवले मौखिक तथा लिखित रुपमा दिएको निर्देशनविपरीत राष्ट्रिय भेला र समानान्तर गतिविधि किन गरेर फुटको अगुवाइ किन गरेको भन्ने प्रश्न पनि नेपाललाई गरिएको छ ।

यसबाहेक पार्टी नेतृत्वको प्रधानमन्त्री विरुद्ध पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गर्नमा किन लागेको भन्ने प्रश्न समेत गरिएको छ ।
यस्तै भेला तथा समानान्तर गतिविधि गरि पार्टी एकता विरोधी गतिविधि गर्नुका साथै ओली सरकार ढालेर अन्य दलका नेताको नेतत्वमा सरकार बनाउन षड्यन्त्र गर्नुको कारण पनि माग गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुटवलमा दिएको अभिव्यक्तिमा मौन बस्नुको कारण पनि माग गरिएका छ भने उल्लेखित प्रश्नको जवाफसहित ३ दिनभित्र कारबाही गर्न नपर्नुको चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन एमालेले नेपाललाई दिएको छ ।

एमालेले स्पष्टीकरण सोधका नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरण पत्र बुझिसकेका छन् । यसैबीच ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ ।

नेपाल समूहले पनि स्पष्टीकरणको लिखित जवाफ दिने तयारी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal