आज :

नेपालसहित चार नेतालाई कारवाही गर्ने ओलीको तयारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधव कुमार नेपालसहित चार नेतालाई कारवाहीको तयारी गरेका छन् । ओली समूहको शनिबार बसेको केन्द्रीय बैठकले नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टीको निर्देशन विपरित नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ओलीले स्पष्टीकरण चित्त बुझ्दो नभए कारवाही गर्ने समेत बैठकमा अनुमोदन गराएका थ‍िए । फागुन २३ गतेभन्दा अगाडिका विषयमा छुट दिन सकिने तर त्यसपछिका नेपाल समूहका गतिविधि क्षम्य नहुने ओली समूहको धारणा छ ।

ओलीले आफै गुटगत गतिविधि गरेको भन्दै आफूहरुलाई सोध्ने नैतिक हैसियत नभएको नेपाल समूहका नेताहरुको प्रतिक्रिया दिएका छन् । ओली समूहले सोधेको स्पष्टीकरणको जवाफ नदिने नेपाल समूहको निर्णय गरेको छ । ओली समूहका एक नेताले पनि नेपालसहित चारै जनाले स्पष्टीकरण नदिने कुरा जानकारी भएपनि प्रक्रियाको लागि सोधिएको बताए । उनले प्रक्रिया पूरा भएपछि चारै नेतामाथि कारवाही हुने बताए ।

त्यसैगरी नेतृ अष्टलक्ष्मी शाक्य र रामकुमारी झाक्रीमाथि पनि कारवाही गर्नेबारे ओली समूहमा छलफल चलेको छ ।

शनिबार बसेको बैठकले अध्यक्ष ओलीलाई झन् शक्तििशाली बनाएको छ । बैठकले मंसिर २–६ गते पार्टीको महाधिवेशन गर्ने निर्णयअनुसार २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ ।

अब अध्यक्ष र महासचिवबाहेक नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी रहेनन् । पदाधिकारी र स्थायी कमिटी प्रस्ताव गर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

नेताहरुको कार्यविभाजनको प्रस्ताव ल्याउन विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई जिम्मा दिइएको छ ।

बैठकले जिल्ला कमिटीहरुलाई जिल्ला संगठन कमिटीमा रुपान्तरित गर्न र समयै अधिवेशन गर्ने जिम्मा प्रदेश कमिटीहरुलाई दिइएको छ भने जनवर्गीय तथा पेशागत संगठनलाई पनि महाधिवेशन-राष्ट्रिय सम्मेलनतिर उन्मुख गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal