
काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक नेता माधव कुमार नेपाल समूहले बहिस्कार गरेको छ । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा वामदेव गौतम भने सहभागी भएका छन् ।
सर्वोच्च अदालतले एमाले ब्युँताएपनि छुट्टै समूह निर्माण गरिरहेका गौमत पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीसहित बैठकमा सहभागी भएका हुन् । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि गौतम पार्टी एकताको लागि भन्दै कुनै पनि समूहतिर लागेका थिएनन् ।
पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएका गौतम संसदीय दलको बैठकमा सहभागी हुनुलाई दुई कोणबाट हेरिएको छ । कतिपय नेताहरुले गौतम ओली समूहतिर लागेको बताएका छन् भने गौमत निकट नेताहरुले पार्टीलाई मिलाउने उद्देश्यले नै बैठकमा कुरा राख्न सहभागी भएको बताएका छन् ।
नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहतिर लागेका कुनैपनि सांसदहरु बैठकमा सहभागी भएका छैनन् । यो समूहले पार्टी र संसदीय दलको बैठक बहिस्कार गर्दै छुट्टै भेला गरिरहेको छ । राष्ट्रिय सकेको नेपाल-खनाल समूहले जनवर्गीय संगठनका भेला गरिरहेको छ ।
जिम्मेवारी खोस्ने गरी ओलीले फागुन २८ गतेको निर्णय नसच्चिएसम्म बैठकमा सहभागी हुन नसक्ने अडान लिँदै आएको छ ।