काठमाडौं । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
संसद् पुनःस्थापना भएसँगै अग्निप्रसाद खरेलले नैतिक रुपमा राजिनामा दिएपछि बडाललाई नियक्त गरिएको हो । तर खरेलले आफू फर्किने भएकोले राजिनामा दिएको बताएका छन् ।
संसद् पुनःस्थापनापछि नैतिक दवावमा परेका खरेल खासै काममा फर्किएका थिएनन् । खरेलले पदबाट राजीनामा दिँदै ‘आज चाहिँ मैले लेखिए बमोजिमको काम गरेर आएको छु । सम्माननीय प्रधानमन्त्रीलाई मैले भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु । यसो गरिरहँदाखेरी मैले प्रधानमन्त्रीसँग र मेरो सम्बन्धका बारेमा पनि अघिल्ला मिडियामा केही कुरा लेखिएका थिए । ती कुरा होइनन् । प्रधानमन्त्री र मेरो सम्बन्ध अत्यन्तै सुमधुर छ । राम्रो छ । प्रधानमन्त्रीसँग मैले छलफल नै गरेर मैले यो पदबाट तीन वर्ष पूरा गरेँ र मैले राम्रै गरेको छु भन्ने मलाई लाग्या छ ।’ लेखेका थिए ।
राजिनामा पछि राजनीतिक मैदानमा प्रवेश गर्ने बताएका थिए ।