
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ र तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउमा पनि केहि गिरावट आएको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार यस साताको सबैभन्दा उच्च मूल्यमा सुन कारोबार भएको थियो भने आज केहि गिरावट आएको छ ।