आज :

कर्णाली प्रदेश सरकारलाई एमालेको समर्थन कायमै रहेको छः प्रकाश ज्वाला

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई समर्थन फिर्ता नलिएको नेता प्रकाश ज्वालाले बताएका छन् । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले नेकपा एमालेको नाममा आज गरिएको बैठकप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनले गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्म नभएको बताएका छन् ।

सामाजिक संजालमा लेख्दै ज्वालाले यो निर्णय आधिकारिक नभएको भन्दै कर्णाली प्रदेश सरकारलाई नेकपा एमाले प्रदेशसभा दलको समर्थन कायमै रहेको जानकारी दिएका छन् ।

“आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं । औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ । यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउदछौं । कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं” ज्वालाले लेखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal