
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत्र ५ गते गर्ने हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समिति बैठकले चैत्र २५ गते चुनाव गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।
पहिलो पटक प्रत्यक्ष निर्वाचनमा गएको महासंघको जिल्ला, प्रदेश र केन्द्रको एकै दिन चुनाव हुनेछ ।
महासंघको चुनावलाई लिएर पत्रकार तथा पत्रकार संगठनहरुबीच चुनावी तालमेललगयातका छलफल पनि तीब्ररुपमा अगाडि बढेको छ ।
मुख्यगरी नेपाली काँग्रेस निकट प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच चुनावी ध्रुविकरण तीब्र बनेको छ । अन्य क्रान्तिकारी पत्रकार संगगठनलगायतका साना संगठन पनि चुनावी तयारीमा जुटेका छन् ।