आज :

नेपाल-खनाल समूहको राष्ट्रिय भेला आजबाट, केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी

काठमाडौँ । नेकपा (एमाले)को माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आज सुरु हुँदैछ । देशभरबाट दुई हजारभन्दा धेरैको सहभागिता हुने भेला विहान ११ बजेबाट सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिए ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि पहिलो पटक यो समूहले अलगै भेलाको आयोजना गरेको हो । सर्वोच्चले एमालेलाई ब्युँताएपनि अध्यक्ष केपी शर्मा ओलीले एकलौटीरुपमा अगाडि बढेको भन्दै नेपाल खनाल समूहले प्रतिवाद गर्ने बताउँदै आएको थियो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले फागुन २८ गते आफ्नो समूहको बैठक बसेर नेपाल खनाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए । त्यसपछि नेपाल खनाल समूह आक्रोसित भएको थियो । स्थायी समिति बैठक बसेर ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको यो समूहले थप निर्णय लिने भन्दै भेला बोलाएको हो । यो भेलालाई एमालेको नयाँ जीवनमा महत्वपूर्ण मानिएको छ ।

ओली र नेपालबीच भएको छलफल र राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक बहिस्कारसम्मका एमाले नेताहरुको अभिव्यक्तिले पनि पार्टी विभाजन भइसकेको विश्लेषण गर्न थालिएको छ ।

ओली समूहले भेला रोक्न अग्रहदेखि चेतावनीसम्म दिँदा पनि नेपाल समूहले नरोक्ने भन्दै बरु अध्यक्षले विधान मिचेको आरोप लगाउँदै आएको छ । नेपाल समूहका नेताहरु ओलीले विधान मिचेको भन्दै ओलीलाई कारवाहीको माग समेत गर्न थालेका छन् ।

ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भन्दै नेपाल समूहले देशभर समानान्तर कमिटी निर्माण गर्ने बताएको छ । सोही निर्णयलाई भेलाबाट पारित गरेर अगाडि बढ्ने बताइएको छ । भेलालाई वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal