काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । भण्डारीले मंगलबार शीतल निवासमा बैठक आह्वान गरेकी हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका अध्यक्ष र पूर्वप्रधानमन्त्रीलाई बैठकमा बोलाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
संसद् पनस्र्थापना र (नेकपा)को एकता खारेज गरेपछि पहिलो पटक राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । (नेकपा)को एकता खारेजसँगै ओली सरकार अल्पमतमा परेको र सत्तासमिकरणमा देखा परेका नयाँ संकेतबारे जानकारी लिन बैठक बोलाइएको बताइएको छ
तर, औपचारिक एजेण्डा भने सार्वजनिक गरिएका छैनन् । पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको बताइएको छ ।
मंगलबार दिउँसो ४ बजे बोलाइएको बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता सामाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चालगायतका संसदमा प्रतिनिधित्व गर्ने साना पार्टीलाई पनि बैठकमा बोलाइएको छ ।