आज :

एमाले विवादः ओली र नेपालको बैठक निष्कर्षविहीन, ओलीको चियापानमा नजान निर्देशन

काठमाडौं । नेकपा (एमाले)को विवाद झन बढेर जाने देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल समूहसँग गरेको छलफलमा सहमति नजुट्न नसक्दा भेला नरोकिने भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुबै समूहको छलफल निष्कर्षविहीन भएपछि नेपाल समूहले बोलाएको कार्यकर्ता भेला नरोक्ने भएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले भोलि विहान बोलाएको चियापानमा भने नजाने निर्णय पनि गरेको छ ।

एक नेताका अनुसार ओली पूर्ववत अवस्थामा फर्किन नमानेपछि छलफल निष्कर्षविहीन भएको थियो । नेपाल समूहका नेताहरुको वानेश्वरको एक होटलमा भएको बैठकले भेला नरोक्ने र चियापानमा पनि नजाने निर्णय गरेको हो । नेपाल समूहले आफ्ना कार्यकर्ताहरुलाई ओलीले बोलाएको चियापानमा नजान समेत निर्देशन दिएको छ ।

नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । नेता भीम रावलले ओलीले गरेका कुनै निर्णयबाट पछि नहट्ने अडान राखेकोले भेला पनि रोक्ने निर्णय गरेको बताए । ओलीसँगको छलफल जारी रहेपनि भेला नरोक्ने सो समूहले निर्णय गरेको छ ।

झण्डै चार महिनापछि ओली र नेपालसँगै बसेर छलफलमा बसेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal