आज :

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक, एमालेतिर लागेका नेताहरुलाई कारवाही गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । (नेकपा)को एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक बस्न लागेको बैठकमा पार्टी संगठनको अवस्था, सत्तासमिकरण, एमालेतिर लागेका नेताहरुलाई कारवाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्र ब्यँुतिएपनि एमालेको ओली समूहतिर लागेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिँदै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका महासचिव समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणी थापा, श्रम मन्त्री गौरीशंकर चौधरी, प्रभु साह र राज्यमन्त्री दावा लामासहित ओलीतिर लागेका संघीय र प्रदेश सांसद तथा नेताहरुलाई पार्टीमा फर्कन बैठकले निर्देशन दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै माओवादी केन्द्र र एमालेको नेता माधव कुमार नेपाल समूहबाट मन्त्री भएका नेताहरु फिर्ता भएका थिए । तर, बादल, भट्टले ओलीलाई साथ दिने भन्दै फर्किएका थिएनन् । संसद विघटनलाई साथ लिएपछि ओलीले रायमाझ, चौधरी, साह र दावा मन्त्री बनाएका थिए ।

पार्टीको निर्देशन नमानेर नफर्किए उनीहरुको सांसद पद खोसिनेछ । तर, ओलीतिर लागेका नेताहरुलाई यसलाई स्वीकार गरेको सार्वजनिक रुपमै बताइसकेका छन् । बरु कारवाही खाने र माओवादी केन्द्रमा नफर्किने ऊर्जामन्त्री रायमाझीले बताएका छन् ।

माओवादी केन्द्रमा हुँदा महासचिव रहेका बादलले एमालेको वागमती प्रदेश इन्चार्ज भएर जिम्मेवारी समालिसकेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशको इन्चार्ज भट्टले पनि जिम्मेवारी समालिसकेका छन् । ओलीले आफूतिर लागेका पूर्वमाओवादीको २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित समेत गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal