आज :

नेकपा र माओवादी केन्द्रबीच तीन बुँदे सहमति, वैज्ञानिक समाजवादी व्यवस्थाको लागि सहकार्य गर्ने 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति भएको छ । शनिबार नेकपाका महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष सुशीलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर दुई पार्टीबीच सहमति भएको सार्वजनिक गरिएको हो ।

दुबै पार्टीबीच वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संयुक्तरुपमा सहकार्य गर्ने सहमति भएको छ । त्यस्तै, क्रान्तिकारीहरुबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने सहमति भएको छ ।

विज्ञप्तिमा  ‘दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने’ उल्लेख गरिएको छ ।

यस्तो छ सहमति

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal