काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमालेतिर लागेका नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्री बादल, उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।
साथै, शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उनीहरुलाई स्पष्टिकरण समेत सोधेको छ । उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।
बैठकमा सहभागी भएका एक नेताका अनुसार एमालेतिर लागेका उनीहरु सबैलाई कारवाहीको प्रक्रिया अगाडि बढेको छ । त्यसैको पहिलो चरण मन्त्रीबाट फिर्ता हुन र २४ घण्टे स्पष्टीकरण सोधिएको बताए । यो बीचमा फिर्ता नआए पार्टीले कारवाही गर्ने निर्णय भएको छ ।
एमालेको ओली समूहतिर लागेको चार क्याविनेट र एक राज्यमन्त्री गरी पाँचसहित २३ जनाले जिम्मेवारी समेत समालिसकेका छन् । गृहमन्त्री बादलले बागमती प्रदेश इन्चार्जको आजै जिम्मेवारी समालेको जानकारी दिएका छन् । त्यस्तै, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पनि जिम्मेवारी समालि सकेका छन् ।
ओलीतिर लागेका पूर्वमाओवादी नेताहरुले बरु सांसद पद गुमोस् तर माओवादीमा नफर्किने सार्वजनिक रुपमै बताइसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्रले आइतबार केन्द्रीय समिति बैठक बोलाएका छ । बैठकले एमालेतिर लागेका नेताहरुका बारेमा निर्णय गर्ने बताइएको छ ।