
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा (एमाले)को प्रदेश इन्चार्जमा नियुक्त भएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महासचिवबाहेकका सबै पद खारेज समेत गरेका छन् ।
माओवादी केन्द्रका महासचिव समेत रहेका गृहमन्त्री बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । (नेकपा)को आन्तरिक विवादको बेला ओली समूहतिर लागेका बादल फर्किएनन् । सर्वोच्च अदालत (नेकपा)को एकता खारेजपछि बादलसहित पूर्वमाओवादी नेताहरु नफर्किने निर्णय गरेका थिए ।
बादलसँगै नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापाले पनि माओवादीमा नफर्किने निर्णय गरेका छन् । उनीहरु सबै मन्त्री छन् ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बादललाई माओवादीमा नफर्किन सुझाव दिएका छन् । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले बादलसहितका ओलीतिर लागेका पूर्वमाओवादी नेताहरुलाई फकाउन नलाग्ने बताए । विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती भएको समेत बताए ।