आज :

एमाले र जसपाबीच आज पनि वार्ता, के जसपा विभाजन हुन्छ ? 

काठमाडौं । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टीबीच पनि वार्ता हुँदै छ । सत्तासमिकरणको विषयबारे थप छलफल गर्ने आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने भएको छ । विहीबारको वार्ता सकारात्मक भएको बताएका नेताहरु थप छलफल गर्न आज बैठक बस्न लागेका हुन् ।

आजको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । जसपाका मागमा प्रधानमन्त्री ओलीले सरकार सकारात्मक भएको र त्यसबारे टुंगोमा पुग्न आज फेरि वार्ता हुने बताइएको छ ।

विहीबार जसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राखेका थिए ।

ओली नेतृत्वको सरकारले हेर्ने जसपाबीच पनि दुई धार प्रष्ट देखिएका छन् । पूर्व मधेरी फोरम ओली नेतृत्वको सरकारमा जान नहुने पक्षमा छन् भने समाजवादीका नेताहरु महन्थ ठाकुर राजेन्द्र महतोले ओलीसँग सहकार्य गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

निलम्वितबाहेक ३२ सांसद रहेका जसपा तानातानमा परेको छ । सरकारलाई समर्थन गर्ने विषयलाई लिएर जसपा पनि विभाजन हुने सम्भावना पनि देखिएको छ । ओली सरकारलाई हेर्ने बिषयमा एक मत हुन नसक्दा जसपाभित्र किचलो भएको छ ।

महन्थ ठाकुरलगायतका नेताहरुले ओली सकारात्मक भएको बताएपनि बैठकपछि वरिष्ठ नेता अशोक राईले भने छलफलमा विचार आदानप्रदान मात्रै भएको बताए । उनले ओली आफूहरुको माग पूरा गर्नेमा आशावादी नभएको बताए ।

राईले यसो भनिरहँदा कार्यदल सदस्य नेता लक्ष्मणलाल कर्णर्ले भने बैठकमा कुराकानी सकारात्मक भएको र माग सम्बोधन हुनेमा आफू आशावादी रहेको बताईरहेका थिए । यसले पनि के देखाउछ भने जसपाभित्र तीब्र असन्तुष्टि छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले त ओलीको बहिर्गन मुख्य एजेण्डा भएको बताउँदै आएका छन् ।

जसपाका नेताहरुका  फरकफरक धारणा हेर्दा सत्तासमिकरण निकै कठिन छ । तर, जसपा बिभाजन हुने सम्भावना पनि उत्तिकै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal