आज :

नेकपाका नेता चन्दको घरमा पक्राउ पुर्जी, प्रहरीले सहमति उलंघन गरेको आरोप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता हरिबहादुर चन्दको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । सर्वोच्च अदालतका आदेशमा फागुन ६ गते रिहा भएको नेता चन्दलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले फागुन ७ जारी गरेको पक्राउ पुर्जी चन्दको घरम प्रहरीले टाँसेको छ ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सहमति भएपछि प्रहरीले बुधबार (फागुन २६ गते) अछामको पञ्चदेवल विनायक नगरपालिका –५ स्थित चन्दको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको हो ।

नेता चन्द ६ गते सर्वोच्च अदालतको आदेशमा रिहाई भएका थिए तर पक्राउ पुर्जीमा ७ दिनभित्र उपस्थित नभएको भन्दै ३५ दिने पुर्जी जारी गरिएको उल्लेख छ । सर्वोच्च अदालतेले गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै रिहाईको आदेश दिएको थियो ।

“प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी तपाई भएको ‘अभद्र व्यवहार’ मुद्धामा तपाईका नाममा यस अदालतबाट मिति २०७७।११।७ मा ७ दिने पक्राउ पुर्जी जारी भएकोमा उक्त पक्राउ पुर्जी बमोजिम पक्राउ परी नआएकोले हुँदा यो ३५ दिने पक्राउ पुर्जी जारी गरिएको । यो पक्राउ पुर्जीमा उल्लेखित अवधिभित्र अविलम्ब यस अदालतमा उपस्थित हुनु होला । उक्त अवधिभित्र उपस्थित नभई फरार रहेमा मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को दफा ६५ बमोजिम हुनेछ” पक्राउ पुर्जीमा भनिएको छ ।

यस्तो छ पुर्जी

फागुन ७ गते चन्दलाई ७ दिने पक्राउ पुर्जी जारी भएको र उपस्थित नभएको भन्दै ३५ दिने पुर्जी जारी गरिएको उल्लेख छ ।

अदालतले चन्दलाई प्रवृत भावनाले बदनियत राखी कानूनी प्रक्रिया पूरा नगरी पक्राउ गरेको भन्दै गैरकानूनी थुनाबाट तुरुन्त छाड्न आदेश दिएको थियो ।

यस्तो छ आदेश

सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिका विरुद्धमा प्रहरीले पक्राउ पुर्जी टाँसेको नेता चन्दले बताए । उनले सहमतिअनुसार सबै बन्दी रिहाईको प्रक्रिया रहेको र थप नेता कार्यकर्ता गिर फ्तार नगर्ने भनिएपनि प्रहरीले घरमै गएर पक्राउ पुर्जी टाँसकोप्रति आपत्ति जनाउँदै सहमतिको उलंघन हुने आशंका बढाएको बताए ।

“हाम्रो पार्टी सरकारबीच तीन बुँदे सहमति भएर सबै साथीहरु रिहाईको पक्रियामा हुनुहुन्छ तर प्रहरीले पुरानो मितिको पक्राउ पुर्जी मेरो घरमा टाँसेको छ । यसले सहमतिको कार्यान्वयन नहुने हो भन्न आशंका बढाएको छ” चन्दले भने । सहमति भइसक्दा पनि प्रहरीले पुर्जी टाँसेर तीन बुँदे सहमतिको उलंघन गरेको परिवारको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal