आज :

वडा अध्यक्ष भूजेलको गैर कानुनी हर्कत, सरकारी जग्गामा घर टहरा निर्माण

काठमाडौं । दोलखा जिल्ला साविकको लाकुरीडाँडा गाविस वाड नं. ८/७ भिमेश्वर नगरपालिका वड नम्बर ९ आहाल डँडामा सार्वजनिक जग्गामा गैर कानुनी रुपमा वडा अध्यक्ष चित्रबहादुर भुजेल स्थानिय वासीहरुलाई घर टहरा बनाउन लागएको स्थानिय वासीले गुनासो गरेका छन् ।

हालै सरकारले दलित, सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित वासीहरुलाई जग्गाको व्यवस्था गर्ने निर्णयसँगै देशभरी सार्बजनिक तथा सरकारी जमिनमा धमाधम घरटहराहरु बनाउने लहर चलेको छ । सरकारले उनिहरुलाई जग्गा उपलब्ध गराउन निश्चित मापदण्ड पनि तोकेको छ, तर त्यस सरकारी निर्णयलाई आधार मानेर आहाल डाँडा स्थित सो सरकारी जग्गामा घरटहरा बनाउन वडा ध्यक्ष स्वयमले अनुमति दिएको अनलाईन डबलीसंगको कुराकानीमा स्वीकार गरे । जिल्ला प्रशासन कार्यालय दोलखाले पनि सो अनधिकृत घरटहराहरुलाई हटाउन आदेशसमेत गर्दा पनि भूजेलले अटेर गरेको पाइन्छ, यस सम्बन्धमा उनिसँग कुरा गर्दा पत्रकारहरु टाढाबाट छलफल गर्ने भन्दा पनि फिल्डमा आएर बस्तु स्थिति बझ्नु पर्ने जिकिर गर्दै भने,“तपाइहरुले आन्तरिक कुरा बुझ्नु नै भएको छैन, बरु सत्य कुरा के हो भने स्थानियले गरि खान्छु भने गर्न दिएँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal