News Portal

  • पीएसजी क्वाटरफाइनलमा प्रवेश, बार्सिलोना पराजित 

    डबली संवाददाता२०७७ फागुन २७ गते
    १२५ पटक

    काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनालाई पराजित गर्दै पीएसजी क्वाटरफाइनलमा पुगेको समाचार एजेन्सीहरुले बताएका छन् ।

    प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।

    पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो । घरेलु मैदान पार्क दि प्रिन्सेसमा गयराति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।

    खेलको ३१ औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता लिएको थियो । पीएसजीको त्यो अग्रता लामो समय टिकेन । ध३७औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

    प्रतिकृया दिनुहोस्