
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको नजिक पुगेका छन् । बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेताबीच भएको छलफलमा आगामी सत्ता समिकरणको लागि सकारात्मक वातावरण बनाएको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिउँसो पेरिसडाँडा पुगेका थिए । मंगलबार मात्रै प्रचण्ड, बाबुराम भट्टराई र उपेन्द्र यादवसँग छलफल भएको थियो ।
नेकपा एमालेसँग सत्ता समिकरणको लागि वार्ता टोली समेत बनाइसकेका अध्यक्ष ठाकुर आफै बुधबार छलफलको लागि अग्रसर भएका थिए । एमालेसँग समिकरण गर्न नहुने भन्दै जसपाका अधिकांश नेताहरुले नेतृत्वको आलोचना गरेका थिए ।
बुधबारको छलफल सकारात्मक मात्रै नभएर समिकरणको आधार तय सफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनले जसपाले उठाउँदै आएका मुद्धालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा टुंगो लाग्न बाँकी छ ।
दुबै पार्टीका नेताहरुबीच संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा सहमत भएका थिए । जसपा नेताहरुले रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएको छ ।