
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला मूल्य ८५ हजार ७५० रुपैयाँ छ ।
मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।