आज :

एकता भएको ४१ महिनामा (नेकपा) औपचारिक रुपमा खारेज, एकता गर्ने भए १५ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले औपचारिक रुपमै खारेज गरेको छ । केपी शर्मा ओली र प्रचण्डको नाममा दर्ता भएको (नेकपा) खारेज गर्दै आयोगले पुनः एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह समेत गरेको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

आयोगको २०७५ जेठ २३ को निर्णयले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामको राजनीतिक दल दर्ता भइ नेपाल राजपत्रा खण्ड ६८, अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एकीकरणपछि बनेको नेकपा बदर भएकाले अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै दललाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal