
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई जेठ १३ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।
बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा जेठ २६ गतेसम्म चल्नेछ । कोरोना भाइरस संक्रमणका कारण शैक्षिक शत्र जेठसम्म लैजाने सरकारले निर्णय गरेको थियो ।
कोरोनाका कारण २०७६ को एसईई परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा गरिएको थियो । सहज हुँदै गएपछि सरकारले माघ २६ गते पुनः परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो ।
एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने छ ।