आज :

प्रधानमन्त्री ओलीलाई विप्लवको प्रश्नः प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौं भनेका होइन ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले न्यायको लागि संघर्ष गर्न डराउन नहुने बताएका छन् । कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विप्लवले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग झुक्दिनँ भनेको तर आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएर गलत गरेको विप्लवले बताए । “केपी जीले सत्यसँग झुक्दिनँ भन्नुभयो तर हाम्रो पार्टीमाथि प्रतिवन्ध के थियो त्यो ? त्यो सत्य र न्याय थियो ? कुमार पौडेललाई समातेर कन्चटमा गोली हानेर मार्नु त्यो सत्य हो ?” विप्लवले प्रश्न गरे ।

विप्लवले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आफू सत्य र न्यायको पक्षमा लडेको र लडिरेहने बताए । उनले न्यायको पक्षमा हामी कहिल्यै दब्नु नहुने बताए ।

महिला दिवसको अबसरमा आयोजना गरेको ७ औँं राष्ट्रिय सम्मेलनमा बोल्दै विप्लवले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी पनि गरे ।
प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गरे । “आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए । त्यसपछि प्रचण्ड धुलोपिठो भए” विप्लवले भने ।

विप्लवले गाउँगाउँमा भ्रष्टाचार गर्ने, ब लात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो ? भन्दै प्रश्न गरे । उनले ल डाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा भएको तर दास भएर मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा भएको बताए ।

सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौं भनेर भनेपनि त्यो सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal