आज :

नेपाल र खनाललगायतका नेताहरु एमालेमै फर्किने निर्णय, प्रचण्ड माओवादी केन्द्रमै

काठमाडौं । विघठित (नेकपा)को प्रचण्ड समूहतिर लागेका नेता माधव कुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णय गरेका छन् । सर्वोच्च अदालतले आइतबार (नेकपा)को एकता खारेज गरेपछि सो समूहको स्थायी समिति बैठक बसेको थियो ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको छ ।

नेता नेपाल, खनाल प्रचण्ड समूहमा आउँदा सांसद पद नै खोसिने भएपछि एमालेमै फर्किन बाध्य भएका छन् । उनीहरुसँग दल विभाजन गर्न आवश्यक संख्या नपुग्ने भएपछि एमालेमै फर्किने निर्णय गरेका हुन् । एमालेमै फर्किएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा संघर्ष गर्ने निर्णय समेत गरेको बताइएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने भएको छ । सर्वोच्चको फैसलाबाट नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुले अर्ली इलेक्सन काँग्रेसको मुख्य मुद्दा बन्न पुगेको हो ।

काँग्रेस नेता रमेश लेखकले काँग्रेसको मुख्य मुद्दा अर्ली इलेक्सन हुनुपर्ने बताए । रातोपाटीसँग उनले भने, ‘अब संसद् त्रिशङ्कु भयो । ६४ प्रतिशत मत भएको पार्टीले पनि स्थिरता दिन सकेन । हिजोबाट त्यो पार्टी विधिवत रूपमा दुई पार्टी भइसक्यो । त्रिशङ्कु संसद्ले न स्थिरता दिन सक्छ न यो प्रतिनिधि सभाले कम्युनिस्टको द्वन्द्वमा काम गर्न सक्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal