आज :

माओवादी केन्द्रले चैत २१ गते संयुक्त क्रान्तिकारी जनपरिषद् घोषणा गर्दै, सडक कब्जा गर्ने उद्घोष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी चेत २१ गते संयुक्त क्रान्तिकारी जनपरिषद्को घोषणा गर्ने भएको छ । काठमाडौंमा विशाल जनसभा आयोजना गरी जनपरिषदको घोषणा गर्ने अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिएका छन् ।

राजनीतिक संकटको निकासको रुपमा अगाडि सारिएको राष्ट्रिय जन परामर्श सम्मेलनबारे पनि सोही दिन थप जानकारी दिइने बुढाथोकी बताउँछन् । उनले विप्लव शान्तिपूर्ण राजनीतिमा आएसँगै सडक खाली रहेको र अब सडकबाट सत्ता र सरकारको स्थापनाको बाटोमा लाग्ने बताए ।

माओवादी नेताहरु नवसामन्ती प्रवृतीको कारण गौरवपूर्ण माओवादी आन्दोलन वा जनयुद्ध घृणाका कारण भएको बताउँदै अब उक्त मुद्दालाई आफूले उठाउने अध्यक्ष बुढाथोकीले बताए । केपी शर्मा ओलीसम्म आइपुग्दा नेपालको संसदीय व्यवस्था असफलताको उत्कर्षमा पुगेको समेत बताए ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal