आज :

आज प्रचण्ड–नेपाल समूहको स्थायी समिति बस्दै, एमालेको बैठक बोलाउने ओलीको तयारी

काठमाडौँ । प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी समिति बैठक बस्दैछ । सर्वोच्च अदालतको पछिल्लो फैसलाबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले आइतबार एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया कानुन विपरित भन्दै दर्ता खारेज गरेसँगै थप समस्या परेको प्रचण्ड–नेपाल समूहले बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजेबाट सुरु हुने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ । त्यसपछि उत्पन्न कानुनी जटिलताबारे समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि श्रेष्ठले बताए ।

यसैबीच ओली समूहको आइतबार बेलुका बसेको संसदीय दलको बैठकले नेकपा एमालेको बैठक बोलाउने निर्णय गरेको छ । सो समूहका अध्यक्ष ओलीले अर्को बैठक नेकपा एमालेकै हैसियतमा बोलाउने जानकारी दिएका थिए ।

त्यस्तै, ओली नेतृत्वका सरकार अल्पमतमा परेको छ । पार्टी एकता खारेज गरेर एमाले र माओवादी केन्द्रले ब्यूँतिएसँगै सरकार अल्पमतमा परेको हो । अब माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिए विश्वासको मत लिने समेत ओलीले जानकारी लिए । बैठकमा सहभागी नेताहरुका अनुसार ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि जानकारी दिएका थिए ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएका छन् । ओली र प्रचण्ड–नेपालबीचको लडाइँ नयाँ कोर्षमा प्रवेश गरेको छ । अब एमालेबाट माधव कुमार नेपालहरुलाई छुटिएर माओवादी केन्द्रमा आउने वा नयाँ पार्टी बनाएर जाने भन्ने प्रश्न अगाडि आएको छ । यदि संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुगे विभाजन गर्न नपाउने अवस्था भएका कारण सजिलै फुट्न पनि नसक्ने अवस्था सिर्जना भएको छ ।

फुट्न नसक्ने र ओलीसँग पनि बस्न नसक्ने अवस्था माधव कुमार नेपाललगायतका नेताहरुको लागि सिर्जना भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal