आज :

क्लासिक टेक तीब्र गतिमा आफ्नो नेटवर्क बिस्तार गर्दै, १०१ औं आउटलेट नेपालगंजमा स्थापना

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१ औं आउटलेट  लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगंजमा स्थापना गरेको छ । कम्पनीले यो क्षेत्रका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट संचालनमा ल्याएको हो ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिङ्ग अफिसर बिनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा नेपालगंज आउटलेट उद्घाटन गरेका थिए । आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फैबर स्टाफ र मार्केटिङ्ग गरेर ४५ जना स्टाफ राखिएको छ।

नेपालगंजको पुस्पलाल चोकबाट ३ सय मिटर उत्तरमा संचालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगंजका हरेक साना गाउँहरुमा आफ्नो सेवा बिस्तार गर्ने योजना लिएकोछ । यसअघिदेखि नै नेपालगंज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।

कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगंजको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् । आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिङ्ग अफिसर अधिकारीले नयाँ शाखा संचालनमा आएसँगै नेपालगंजका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने बताए । ‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तीब्र गतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं’ अधिकारीले भने ।

कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal