आज :

ब्युँतिए एमाले र माओवादी केन्द्र, प्रचण्ड-माधव समूहलाई संकट

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूतिएका छन् । सर्वोच्च अदालतले साविककै नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूतिएका हुन् ।

सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा (नेकपा) नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश दिएको हो ।

इजलासले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६ १० (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ९ मा भएको कानुनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो ।

निर्वाचनमा आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा रहेका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्न भन्ने इजलासले आदेश दिएको छ ।

योसँगै प्रचण्ड–माधव कुमार नेपाल समूह संकटमा परेको छ । अब नेता नेपालले पार्टी विभाजन गरेर मात्रै प्रचण्डसँग एकता गर्न पाउने भएका छन् । अब माओवादी केन्द्रबाट एमाले जाने र एमालेबाट माओवादी केन्द्रमा आउनेहरु कारवाहीमा पर्ने देखिएको छ ।

एमालेको महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएकोले उनले नै एमालेको संस्थापन हुने निश्चित छ । सर्वोच्च अदालतको आजको फैसालले नेपालको राजनीति नयाँ कोर्षमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal