
काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएको छ । सर्वोच्च अदालतले आइतबार (नेकपा)लाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय खारेज गर्दै ऋषिराम कट्टेलले नेतृत्व नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ ।
आफ्नो पार्टीसँग मिल्ने नाम राखेको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सो फैसला गरेको हो ।