आज :

प्रचण्डलाई दलको नेताको रुपमा बोलाए सभामुखविरुद्ध महाअभियोग लगाउने ओली समूहको तयारी 

काठमाडौं । संसद् पुनःस्थापना भएपछि प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट सुरु हुने भएको छ । (नेकपा) ओली र प्रचण्ड-नेपाल समूहबीचको विवाद बढ्दै गएकोले आजको संसद् बैठकमा दुबै पक्षले आआफ्नो तयारी गरेका छन् ।

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव गरेर राखेको छ । नेपाली काँग्रेसले संकेत गर्ने बित्तिकै दर्ता गर्ने तयारी भइरहेको छ ।

यता ओली समूहले संसद् अवरुद्ध गर्नेदेखि सभामुखविरुद्ध महाभियोगको तयारी गरेको छ । प्रचण्ड-नेपाल समूहले दलको नेतामा प्रचण्डलाई चयन गरेको थियो । आजको बैठकमा सभामुखले प्रचण्डलाई दलको नेताको हैसियतामा बोलाए प्रतिकार गर्नेदेखि सभामुख अग्नी सापकोटाविरुद्ध महाभियोग लगाउने तयारी ओली समूहले गरेको छ ।

ओली समूहका एक नेताका अनुसार सभामुख सापकोटाले प्रचण्डलाई दलको नेताको हैसियतमा संसदमा बोल्न दिने सम्भावना रहेकोले प्रतिकारदेखि महाअभियोग लगाउनेसम्मको तयारी गर्न ओलीले शनिबार नै निर्देशन दिइसकेका छन् । सभामुखले प्रचण्ड–नेपाल समूहलाई मान्यता दिए प्रतिनिधिसभा बैठक आजको अवरोध गर्ने ओली समूहका नेताहरुले सार्वजनिक रुपमै बोलिसकेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको ओली समूहको संसदीय दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रचण्ड–नेपाल समूहलाई बोलाइए या सदन सञ्चालन गर्दा प्रचण्डलाई दलको नेताको मान्यता दिए संसद् बैठक अवरोध गर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओलीले संसदीय दलको नेता र प्रमुख सचेतकको निर्देशनअनुसार सदनमा प्रस्तुत हुन आफ्ना समूहका सांसदहरूलाई निर्देशन दिएका छन् । ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरिसकेका छन् । भट्टराईको निर्देशन र ह्विप मान्न ओलीले निर्देशन दिएका छन् ।

चर्चामा रहेको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भने अन्यौलमा परेको छ । काँग्रेसले (नेकपा) विभाजन नभएसम्म कुनै पक्षमा नलाग्ने निर्णय गरेको छ । यो निर्णयसँगै ओलीविरुद्ध आजै दर्ता गर्न लागिएको अविश्वास प्रस्ताव अन्योलनमा परेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal